चितवनमा माओवादीलाई कमजोर बनाउने चलखेल भइरहेको छ : प्रचण्ड

चितवनमा माओवादीलाई कमजोर बनाउने चलखेल भइरहेको छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता रुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले चितवन जिल्लामा नेकपा माओवादी केन्द्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले भने, ‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ’ उनले माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको बताए ।

‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छन्’, प्रचण्डले भने । उनले चितवनको विकासका लागि आफू सधै लागिरहेको पनि दावी गरे ।