काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टी निकट नेता गोविन्द बन्दी मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अन्तर्राष्ट्रिय कानुनका जानकार समेत रहेका बन्दीले अमेरिकी सहायता परियोजना (एमसीसी)को व्याख्यात्मक घोषणा तयारका निम्ति सरकारलाई सहयोग गरेका थिए ।
संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।
यता वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भने उद्योग मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ । उद्योग मन्त्रालय लामो समयदेखि रिक्त छ ।




प्रतिक्रिया