बिहीबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपालमा बिहीबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ८१९ पिसिआर परीक्षणका क्रममा ७ जना र १ हजार ८४९ एन्टीजेन परीक्षणका क्रममा ० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८४७ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७४७ रहेको छ ।