सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति

सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए ।

ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन् ।

सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिंदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन भएको विभागले जनाएको छ ।यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।