काठमाण्डु – नेकपा एमालेले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमालेले मुलुकको वर्तमान आर्थिक अवस्था र नेपाल राष्ट्र बैंकका गर्भनर निलम्बन गरिएको विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ पत्रकार सम्मेलन गरिने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलनमा तीन जना पूर्वअर्थमन्त्रीहरू पनि सहभागी हुने छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीबारे छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेपछि उनी शुक्रबारदेखि स्वतः निलम्बनमा परेका छन् । गभर्नर अधिकारीमाथि विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेको छ ।




प्रतिक्रिया