भरतपुर मेयरका लागि कांग्रेसले गर्‍यो उमेदवारी आह्वान, काे-काे छन् चर्चामा ?

भरतपुर मेयरका लागि कांग्रेसले गर्‍यो उमेदवारी आह्वान, काे-काे छन् चर्चामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयरको उमेदवारीका लागि दर्खास्त आह्वान गरेको छ । कांग्रेसको भरतपुर महानगर समितिले मेयर र उपमेयर बन्न इच्छुकका लागि भोलिसम्मका लािग दर्खास्त आह्वान गरेको हो ।

समितिले उमेदवारीका लागि दर्खास्त शुल्कसमेत तोकेको छ । समितिले उमेदवार बन्न इच्छुकले दर्खास्तका लागि महानगरको प्रमुख बन्न चाहनेले तीन हजार र उपप्रमुख बन्नका लागि दुई हजार शुल्क बुझाउनुपर्ने प्रवधान राखेको हो ।

भरतपुर महानगरपालिकाको प्रमुखमा चुनाव लड्न कांग्रेस केन्द्रीय सदस्यहरु दिनेश कोइराला र टेकप्रसाद गुरुङले इच्छा देखाएका छन् । यस्तै जिल्लाका नेताहरू नेविसंघ पूर्वसहमहामन्त्री निलकण्ठ रिजालदेखि थुप्रै नेता महानगरको प्रमुख पदका आकांक्षी देखिएका छन् ।

कार्यसमितिका सचिव कृष्ण बगालेले कति जना आकांक्षी बन्छन् भन्ने टुंगो भोलि साँझसम्म लाग्ने जानकारी दिए । सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुने भनेपछि भरतपुर महानगर चर्चाको केन्द्रमा छ ।

कम मत हुँदाहुँदै विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेर जिताएको चितवन कांग्रेस यसपटक माओवादीले आफ्ना उमेदवारलाई सहयोग गर्नुपर्ने पक्षमा छ । तर माओवादी अध्यक्ष प्रचण्डले भने यो पटक पनि भरतपुरमा आफ्नो दावी रहेको बताउँदै आएका छन् ।

चितवन कांग्रेसले सभापति शेरबहादुर देउवा तथा केन्द्रीय नेताहरुलाईसमेत ज्ञापनपत्र बुझाएर भरतपुरको मेयर आफुले पाउनुपर्ने दबाव दिएको छ ।