एकीकृत समाजवादी : स्थानीय तहका सबै पदमा नाम माग्ने, भागमा परेको पदमा मात्र उम्मेदवारी दिने

एकीकृत समाजवादी : स्थानीय तहका सबै पदमा नाम माग्ने, भागमा परेको पदमा मात्र उम्मेदवारी दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट उम्मेद्वारको नाम माग्ने भएको छ । पार्टीको २० औं केन्द्रीय सचिवालय बैठकले आगामी २० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट पार्टीको तर्फबाट उम्मेदवारको नाम माग्ने निर्णय गरेको हो ।

तर, उम्मेद्वारी भने गठबन्धनबाट आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र दिने भएको हो । गठबन्धन गर्दा आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र उम्मेदवारी दिने निर्णय पार्टीको सचिवालय बैठकले गरेको हो ।

‘गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गरिने छ, अन्य दललाई परेका स्थानमा हाम्रा उम्मेदवार रहने छैनन्,’ पार्टी सचिवालय बैठकको निर्णयमा उल्लेख छ ।