माओवादीको सर्कुलर : हरेक जिल्लामा एक महिला प्रमुख अनिवार्य

माओवादीको सर्कुलर : हरेक जिल्लामा एक महिला प्रमुख अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको सिफारिस वैशाख ५ गतेभित्र गरिसक्नु निर्देशन दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सर्कुलर जारी गर्दै स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम वैशाख ५ गतेभित्र सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएका हुन् ।

त्यस्तै उनले स्थानीय तह निर्वाचनमा जिल्लामा कम्तिमा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन निर्देशन दिएका छन् ।अध्यक्ष प्रचण्डले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई सिफारिस गर्न दिर्नेशन दिएका हुन् । माओवादीले उम्मेदवार सिफारिसको मापदण्डसमेत तय गरेको छ ।

महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एकरएक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्ने छ ।

त्यस्तै प्रदेश समितिले नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ भने अनुमोदन केन्द्रीय कार्यालयले गर्नेछ ।

वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नुपर्ने छ । यस्तै सर्कुलरमा गठबन्धनमा तालमेलका लागि प्राथमिकताका दिने, तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरूबीच प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिएर गर्नुपर्ने उल्लेख छ ।