कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्चमा उपस्थित भएर तोके पेशी

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्चमा उपस्थित भएर तोके पेशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी आफै तोकेका छन्। गत बिहीबारबाट सर्वोच्च अदालतमा उपस्थित नभएका जोशीले बुधवार भने न्यायाधीश प्रकाशमान सिंह राउतसँग पूर्ण इजलासमा पेशी तोकेका हुन्।

जोशीलाई प्रधानन्यायाधीश बनाउने विषयमा संसदीय सुनवाई समितिले कुनै निर्णय नगरेपछि फेरी उनि सर्वोच्चमा उपस्थित भएका थिएनन् ।

जोशीविरुद्ध शैक्षिक प्रमाणपत्र र गम्भिर प्रकृतीका पांचवटा उजुरी परेपछि उनको नियुक्तीमा विवाद बढेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जोशीलाई राजिनामा दिन सुझाएको बताइएको छ । तर,जोशीले भने उक्त प्रस्ताव ठाडै अस्विकार गरिसकेका छन् ।

समितिले उनको नियुक्ती अस्विकार गरे कानून अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका न्यायाधीश ओमप्रकाश मिश्रलाई संवैधानिक समितिले प्रधानन्यायधीसमा सिफरिस गर्नुपर्नेछ ।