अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन लिएर सर्वोच्च पुग्यो निर्वाचन आयोग

अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन लिएर सर्वोच्च पुग्यो निर्वाचन आयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गराएको छ ।

मंगलबार निर्वाचन आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको हो । आयोगले स्रोत र साधनको दुरुपयोग हुनसक्ने भन्दै स्थानीय तहको चुनावमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने आचारसंहिता लागू गरेको थियो ।

तर उक्त आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । शेर्पाले दायर गरेको रिटमा जनप्रतिनिधिहरुले उम्मेदवारी दिनु अगावै राजीनामा दिदाँ पाँच वर्ष नपुग्ने भन्दै उक्त नियम खारेज गर्न माग गरिएको छ ।

भ्याकेट निवेदन चैत ३० गते न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।