आजदेखि सार्वजनिक यातायातको भाडा बढ्यो, काठमाण्डुमा कति पुग्यो ? (सूचीसहित)

आजदेखि सार्वजनिक यातायातको भाडा बढ्यो, काठमाण्डुमा कति पुग्यो ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नयाँ वर्ष सुरु भएसँगै सार्वजनिक यातायातको भाडा बढाएको छ ।

पेट्रोलियम पद्धार्थमा भएको निरन्तरको मूल्यवृद्धि अनुसार गाडी भाडा समायोजन नभएको भन्दै बागमती प्रदेश सरकारले काठमाण्डु उपत्यकासहित प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

नयाँ वर्षकै दिनदेखि लागू हुने गरी भाडा वृद्धि गरिएको प्रदेश सरकारले जानकारी दिएको छ । नयाँ भाडादर अनुसार अब काठमाण्डु उपत्यकामा न्यूनतम भाडा २० रुपैयाँ कायम गरिएको छ भने अधिकतम भाडा ३८ रुपैयाँ तोकिएको छ ।

त्यस्तै ट्याक्सीमा चढ्ने वित्तिकै ५० रुपैयाँबाट भाडा सुरु हुनेछ भने प्रति दुई सय मिटरमा ९ रुपैयाँ भाडा तोकिएको छ । रातिको हकमा भने दुई मिटरमा १५ रुपैयाँ भाडा तोकिएको छ ।

पछिल्लो दुई महिनायता पेट्रोलियम पदार्थको मूल्य आकाशिँदै गएपछि यातायात व्यवसायीले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए ।