काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आगामी जेठ तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।
देशका विभिन्न विद्यालयहरूमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अनलाइन रजिस्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भैरहेको भन्दै बोर्डले उक्त कार्य सम्पन्न भए पश्चात् जेठको तेस्रो सातादेखि परीक्षा सञ्चालन गर्न दिर्नेशन दिएको हो ।
‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर सम्बन्धित विद्यालयमा उपलब्ध गराइने बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।
त्यस्तै कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट सञ्चालन हुने समेत बोर्डले जनाएको छ । जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी तेस्रो हप्तादेखि सञ्चालन गर्न सूचनामा भनिएको छ ।




प्रतिक्रिया