बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन

बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले बाध्यतावश मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने हुन सक्ने बताएका छन् ।

नेपाली कांग्रेसका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिन नसकेर राजीनामा दिएपछि जनता समाजवादी पार्टीको नेतृत्वमा मधेस प्रदेश सरकार गठन हुने हल्ला फैलिएको छ ।

यसैबिच काठमाण्डुपाटीसँगको कुराकानीमा सुमनले संविधान र विधिलाई पालना गर्दै बाध्यतावश मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘ठूलो दलको हैसियतले पनि हामीले मधेसको नेतृत्व गर्नुपर्ने बाध्यतात्मक परिस्थिति आउने अवस्था छ । हामी यो अस्थिर सरकारमा जान चाहँदैनथ्यौं । तर बाध्यतावश संविधान र विधिको पालना गर्दै अगाडि बढ्नुपर्ने स्थिति आउँछ,’ सुमनले काठमाण्डुपाटीसँग भने, ‘सबैसँग अहिले छलफल भइरहेको छ । छटपछि केही निर्णय आउँछ । को कोसँग सहभागी भएर सरकारमा जाने भन्ने कुरा चाहिँ निर्णय भएको छैन । तर जनता समाजवादी पार्टीको नेतृत्वमा मधेस सरकार बन्छ ।’

सुमनले जनता समाजवादी पार्टीलाई मधेस सरकारको नेतृत्व दिन जुनसुकै दल तयार हुनुपर्ने दाबी गर्छन् । उनले  ठूलो दल अर्थात् २७ सांसद भएको हैसियतले पनि आफ्नो पार्टीले नेतृत्व माग्नु स्वाभाविक रहेको बताए ।