गभर्नर अधिकारीको रिटमाथि मंगलबार सुनुवाइ हुने

गभर्नर अधिकारीको रिटमाथि मंगलबार सुनुवाइ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ । गभर्नर अधिकारीमाथिको रिटको सुनुवाइ एकल इजलासमा हुने गरी मंगलबारका लागि पेशी तोकिएको हो ।

सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । अधिकारीले आफूमाथिको छानबिन नै गैरकानुनी भएको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई जिम्मेवारीमा फर्काउन अन्तरिम आदेशको माग गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त दर्ता प्रक्रिया पूरा भएको र पेसी मंगलबारको लागि तोकिएको बताए । प्रवक्ता पौडेलले भने, “प्रारम्भिक सुनुवाइ भोलि हुनेछ ।” सरकारले गभर्नरमाथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए ।