काठमाण्डु- नेपाली कांग्रेसको तर्फबाट काठमाण्डु महानगरपालिकाको मेयरमा ५ जना सिफारिस भएका छन् । कांग्रेस काठमाण्डु महानगर समितिको बैठकले नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जनाको नाम सिफारिस गरेको हो ।
मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ ।
सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा नीलकाजीको नाम छ । यस्तै २ नम्बरमा प्रकाशमानकी पत्नी श्रृजना छिन् भने त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम छ । यस्तै, समितिले उपमेयरमा सुशीला ढकाल र प्रा। डा। अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।





प्रतिक्रिया