काठमाण्डुको धारामा फेरी आइपुग्यो मेलम्चीको पानी

काठमाण्डुको धारामा फेरी आइपुग्यो मेलम्चीको पानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाण्डु उपत्यकामा वितरण सुरु भएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो । सफाइ र मर्मतपछि २९ चैतमा काठमाण्डुतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।