शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा

शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैतडीको शिवनाथ गाउँपालिकाले प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिएको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार स्थानीय बिदा दिने जनाएको हो ।

शिवनाथ जात्रामा स्थानीयवासीको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

बिदाका दिन गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।

प्रसिद्ध शिवनाथ धाममा हरेक वर्ष कात्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्छ । उक्त जात्रामा बैतडीसहित छिमेकी जिल्ला डडेल्धुरा तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने गर्छन् ।