प्रधानमन्त्रीको टोलीमा चार मन्त्री भारत जाने, ४० जनासम्मको डेलिगेसन हुने

प्रधानमन्त्रीको टोलीमा चार मन्त्री भारत जाने, ४० जनासम्मको डेलिगेसन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणमा चार जना मन्त्री सहभागी हुने भएका छन् ।

नोभेम्बर २२ देखि २४ सम्म हुने भ्रमणका क्रममा प्रधानमन्त्रीसहितको नेपाली टोलीमा ३६ जना सदस्य रहने तय भएको छ ।

आवश्यकताअनुसार प्रतिनिधिमण्डलको संख्या ४० जनासम्म पुग्न सक्ने स्रोतले जनाएको छ । टोलीमा चार मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, केही सांसद तथा सचिवालयका सदस्य रहनेछन् । त्यसैगरी, सञ्चारमाध्यमका प्रतिनिधि र व्यवसायीसमेत भ्रमण टोलीमा सहभागी हुनेछन् ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश), भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्साल र ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री विराजभक्त श्रेष्ठ सहभागी हुने भएका छन् ।

यस्तै प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन पनि टोलीमा रहने छन् ।

प्रधानमन्त्री शाहलाई स्वागत गर्न भारतले विदेशमन्त्री वा राज्यमन्त्रीलाई विमानस्थल पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउने तथा लामो समयदेखि रोकिएका हवाई रुटलगायतका विषयमा सहमति जनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।