काठमाण्डु – सत्ता गठबन्धनले पाँच दल बाहिर चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । आज बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले तालमेलका विषयमा विभिन्न जिल्लामा उत्पन्न विवादकाबीच सो निर्णय गरेको हो ।
साथै बैठकले भोलि बिहान ८ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बसी भागबण्डा मिलाउन अधिकतम लचकता उपनाउने पनि निर्णय गरेको छ ।
त्यस्तै विगतका सहझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना गर्ने पनि सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
सत्तारुढ गठबन्धनले केन्द्रमा आपसी तालमेलको निर्णय लिए पनि विभिन्न जिल्लामा विवाद कायम छ । चितवनमा आज माओवादी उम्मेदवार रेणु दाहाललाई चुनौति दिँदै कांग्रेस नेता जगन्नाथ पौडेले बागी उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अन्य जिल्लाहरुमा पनि कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् । त्यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको गृहजिल्लामै कांग्रेस विभाजन भएको छ ।




प्रतिक्रिया