एनपीएल : पोखराले टस जित्यो, विराटनगरले बलिङ गर्ने

एनपीएल : पोखराले टस जित्यो, विराटनगरले बलिङ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर विराटनगर किङ्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो । खेलमा विराटनगरले तीन परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रन्जानेको स्थानमा इसुरु उढाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसी पहिलो रोजाइमा खेल्दैछन् ।

पोखराले पनि दुई परिवर्तन गरेको छ । विवेक राना मगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिस खेल्दैछन्। आज पहिलो रोजाइमा रहेका विराटनगर उडाना र पोखराका रमेश मेन्डिसले यसै खेलबाट एनपीएलमा डेब्यु गर्दैछन् ।

५ खेलमध्ये २ मा जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ। पोखराले आफ्नो ५ खेल मध्ये एकमा मात्र जित निकालेको छ भने चार वटामा हार बेहोरेको छ।