एमालेबाट विराटगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार

एमालेबाट विराटगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले विराटनगर महानगरको प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा र कार्कीलाई उम्मेदवार बनाउने टुङ्गो लागेको बताए ।

थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् भने कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । थापा मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् । विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक संघीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितको पनि चाहना थियो ।

अन्य नेताहरू गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायत पनि महानगरपालिकाको प्रमुख पदका आकांक्षी थिए । तर, अन्तिममा थापाले उम्मेदवार हुने अवसर पाएका हुन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार भने यम सुब्बा हुने भएका छन् । पुख्र्यौली घर ताप्लेजुङ भएका उनी पनि लामो समयदेखि इटहरी रहेर एमाले राजनीतिमा सक्रिय छन् ।