कांग्रेसबाट ललितपुर मेयरमा चिरिबाबु, विराटनगर प्रमुखमा नागेश कोइराला उम्मेदवार

कांग्रेसबाट ललितपुर मेयरमा चिरिबाबु, विराटनगर प्रमुखमा नागेश कोइराला उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई मेयरको टिकट दिने निर्णय गरेका हुन् । महर्जन वर्तमान मेयर समेत छन् ।

मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो । तर, देउवाले महर्जनलाई नै टिक दिने निर्णय गरेका हुन् ।

त्यस्तै विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला उम्मेदवार बन्ने भएका छन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो ।

तर, देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् । अर्याल र संग्रौला देउवा समूहका हुन् भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो । नागेश भने डा. शेखर कोइराला निकट हुन् ।

गठबन्धन दलबीच भएको भागबण्डामा कांग्रेसलाई तीन महानगरपालिका परेको थियो । जसमा काठमाण्डु महानगरमा भने कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवारको टिकट दिएको छ ।