काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) मनोनयन दर्ता गराएका छन् । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवार दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउँदै व्यञ्जनकारले अघिल्लो चुनावमा मतगणनामा धाँधली गरेर थोरै मतले हराइएको भएपछि यसपटक आफूले जित्ने दाबी गरे । उम्मेदवारी दर्ताअघि मेयर र उपमेयरका उम्मेदवारले शताब्दी पुरुष सत्यमोहन जोशी र ललितपुरका ज्येष्ठ कम्युनिस्ट सिद्धिलाल सिंह तथा स्नेतहलता श्रेष्ठलाई भेटेर आशीर्वाद लिएका थिए ।




प्रतिक्रिया