चितवन । कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनले कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटाको समर्थकमा सोमबार भरतपुर महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
चितवन कांग्रेसका नेताहरुले भरतपुर महानगरको नेतृत्व आफूहरुले पाउनु पर्ने माग राख्दै आएका थिए । तर गठबन्धनदलहरुले भागबण्डा मिलाउदा भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार उठाएको छ ।




प्रतिक्रिया