पोखरा मेयरमा गठबन्धन उम्मेदवारविरुद्ध कांग्रेस नेताले दिए बागी उम्मेदवारी

पोखरा मेयरमा गठबन्धन उम्मेदवारविरुद्ध कांग्रेस नेताले दिए बागी उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर–उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै पोखरा महानगरको मेयरमा गठबन्धनबाट दोस्रो बागी उम्मेदवारी परेको छ । कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकोटाले मनोनयन दर्ता गरेका हुन् ।

उनी कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुन् । सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष थिए । गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताए ।