गाउँपालिका अध्यक्षमा एमालेका दुई जनाको उम्मेदवारी रद्द

गाउँपालिका अध्यक्षमा एमालेका दुई जनाको उम्मेदवारी रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – निर्वाचन आयोगले नेकपा एमालेबाट मनोनयन दर्ता गराएका दुई जनाको उम्मेदवारी रद्द गरेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा एमालेबाट दुई जनाको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले दुबै जनाको उम्मेदवारी रद्द गरिदिएको छ ।

एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा नाम पठाइएको थियो । तर, निर्वाचन आयोगले स्थानीय तहको जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनको नाम हटेको थिएन ।

हाल एमाले नेता रहेका तामाङलाई पार्टीले उम्मेदवार बनाए पनि निमानुसार नभएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गरिदिएको हो । तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङको नाममा मनोनयन दर्ता गराएको थियो ।

तरः नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको भन्दै उनको उम्मेदवारी पनि रद्द गरिएको छ । निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलले उम्मेदवारी रद्दको सूचना जारी गरी जानकारी दिएका छन् ।