सक्रिय राजनीतिबाट बिदा लिने नेता घिमिरेको निर्णय

सक्रिय राजनीतिबाट बिदा लिने नेता घिमिरेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको भोलिपल्टै मंगलबार बिहानै उनले सामाजिक सञ्जालमार्फत वैशाख ३० गतेको चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने बताएका हुन् ।

‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरि उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ,’ उनले ट्वीटरमा भनेका छन् ।