काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र फ्रान्सका राजदूत गिल्स बोरबाओबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय भद्रकालिमा भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो ।
भेटघाटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल जोफ्रे डे लारौजिएरलगायत दूतावासका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।
सैनिक जनसम्र्पक निर्देशनालयले भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।




प्रतिक्रिया