काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
स्थानीय तह निर्वाचनमा भाग लिन ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । एमालेको यो उम्मेदवार संख्या अन्य दलको भन्दा धेरै हो ।
काँग्रेस ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ ।
यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको आयोगले जनाएको छ ।
यस्तो छ विवरण :
नेकपा एमाले
नगर प्रमुख : २६३
नगर उपप्रमुख : २४५
गाउँपालिका अध्यक्ष : ४४६
गाउँपालिका उपाध्यक्ष : ४४५
प्रमुख/अध्यक्ष जम्मा : ७३६
उपप्रमुख/उपाध्यक्ष : ६९५
वडाध्यक्ष : ६,५०६
नेपाली कांग्रेस
नगर प्रमुख : २६५
नगर उपप्रमुख : २११
गाउँपालिका अध्यक्ष : ३८५
गाउँपालिका उपाध्यक्ष : ३५९
प्रमुख/अध्यक्ष जम्मा : ६४७
उपप्रमुख/उपाध्यक्ष : ५७०
वडाध्यक्ष : ६१३२
माओवादी केन्द्र
नगर प्रमुख : १७४
नगर उपप्रमुख : २१४
गाउँपालिका अध्यक्ष : २९०
गाउँपालिका उपाध्यक्ष : ३१५
प्रमुख/अध्यक्ष जम्मा : ४६४
उपप्रमुख/उपाध्यक्ष : ५२९
वडाध्यक्ष : ४,४२८
एकीकृत समाजवादी
नगर प्रमुख : १५०
नगर उपप्रमुख : १७७
गाउँपालिका अध्यक्ष : १८७
गाउँपालिका उपाध्यक्ष : १८०
प्रमुख/अध्यक्ष : ३३७
उपप्रमुख/उपाध्यक्ष : ३५७
वडाध्यक्ष : २,४२८
जनता समाजवादी पार्टीं
नगर प्रमुख : १५९
नगर उपप्रमुख : १३८
गाउँपालिका अध्यक्ष : १८९
गाउँपालिका उपाध्यक्ष : १५६
प्रमुख/अध्यक्ष : ३४८
उपप्रमुख/उपाध्यक्ष : २९४
वडाध्यक्ष : २०६९
लोकतान्त्रिक समाजवादी पार्टी
नगर प्रमुख : ९३
नगर उपप्रमुख : ८०
गाउँपालिका अध्यक्ष : ७८
गाउँपालिका उपाध्यक्ष : ५८
प्रमुख/अध्यक्ष : १७१
उपप्रमुख/उपाध्यक्ष : १३८
वडाध्यक्ष : १,०२५




प्रतिक्रिया