गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना हुनबाट जोगियो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना हुनबाट जोगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ । शनिबार दिउँसो भैरहवाबाट काठमाण्डुका लागि उड्न लागेको बुद्ध एयरको उडान नं ८५६ को जहाजको आगाडिको टायर पञ्चर भएको हो ।

रनवेमा स्पीड लिने क्रममा जहाजको अघिल्लो पांग्रा पड्किएको तर, कुनै मानवीय क्षति भने नभएको विमानस्थलका प्रवक्ता विनोदसिंह रावतले जानकारी दिए । उनका अनुसार जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु रहेका थिए ।

हाल यात्रुहरुलाई अर्को जहाजबाट काठमाण्डु पठाउन थालिएको र धावनमार्गमा रोकिएको जहाजलाई प्राविधिक टिमले जाँच गरिरहेको उनले बताए ।