प्रहरी महानिरीक्षक थापासँगै को-को गए अनिवार्य अवकाशमा ?

प्रहरी महानिरीक्षक थापासँगै को-को गए अनिवार्य अवकाशमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले एकै पटक अनिवार्य अवकाश पाएका छन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जनाले प्रहरीको ३० वर्षे सेवाहदका कारण आइतबार अवकाश पाएका हुन् ।

अवकाश पाउनेहरूमा चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की र बसन्त कुमार पन्त छन् । त्यस्तै ११ जना डीआईजी र तीन जना एसएसपी छन् । डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र शौरभ राणा छन् ।

त्यस्तै राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार र प्रकाश अधिकारीले पनि अवकाश पाएका छन् । त्यसैगरी एसएसपीहरू वीरेन्द्र बस्याल, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट आजबाट अनिवार्य अवकाशमा गएका हुन् ।