काठमाण्डु – भारी वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल रद्द गरिएको छ । भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो । नेपालले अव तेस्रो खेल बुधबार खेल्नेछ । पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।




प्रतिक्रिया