युक्रेनी सेनाले भन्याे- रुसी सेनाको कब्जाबाट पाँच वटा गाँउ पुनः फिर्ता

युक्रेनी सेनाले भन्याे- रुसी सेनाको कब्जाबाट पाँच वटा गाँउ पुनः फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किभ – युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ । युक्रेनले पाँच वटा गाउँ पुनः कब्जा गरेको जनाएको छ । युक्रेनीहरूले चाँडै खार्किभलाई रूसी तोपखानाको खतराबाट मुक्त गर्न सक्ने अमेरिकास्थित एउटा युद्ध अध्ययन संस्थानले जनाएको छ ।

पूर्वी बन्दरगाह सहर मारिओपोलको एजोभस्टल स्टिल कारखानाबाट शुक्रबार थप ५० सर्वसाधारणको उद्धार भएको छ ।सो कारखानालाई रुसी सेनाले केही सातादेखि आफ्नो घेराबन्दीमा राखेको छ । यसअघि कारखानाभित्रको बंकरमा लुकेका ५ सय सर्वसाधारणको उद्धार भएका थियो ।

यसैबीच, रुसी सेनाविरुद्ध प्रतिकार गर्न अमेरिकले थप १५० मिलियन डलर बराबरको सैन्य सहयोगको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो सहयोग घोषणा गरेका हुन् । -एजेन्सी