चुनावका बेला सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने सरकारको निर्णय

चुनावका बेला सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । यहि बैशाख ३० गते हुने निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी सुरक्षामा खटिँदैछन् ।