काठमाण्डुमा रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाईयो

काठमाण्डुमा रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयले रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाएका छन् । उक्त कार्यक्रम हाल जारी इन्डिया INDIA@75 आजादीका अमृत महोत्सवकै एक हिस्सा अनुरुप आयोजना गरिएको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथैआफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरुले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले टैगोरकोे रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए ।

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता वासु गौतमले शान्ति निकेतनः शिक्षामा टैगोरको विचार शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरु, CBSE विद्यालयका बालबालिकाहरु, भारतीय डायस्पोराका सदस्यहरु र विद्वानहरुले सहभागीता जनाएका थिए ।