चुनावी रौनक : भोट हाल्न गाउँ फर्किनेको लर्को

चुनावी रौनक : भोट हाल्न गाउँ फर्किनेको लर्को

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तह निर्वाचनमा मतदान गर्न घर फर्किनेको संख्या बढेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि काठमाण्डु छाडेर घर फर्किनेको संख्या बढेको हो ।

जसकारण आज काठमाण्डुबाट बाहिरने नाका काटेश्वर, बल्खु, कलंकीलगायतका स्थानमा गाउँ फर्कनेको भीड लागेको  छ भने सवारीको चाप बढेको छ । कोटेश्वरबाट जडिबुटी हुँदै भक्तपुरतर्फ बाहिरिने सवारी साधन र नयाँ बपसार्क गेटबाट बाहिरिने सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

ट्राफिक प्रहरीका अनुसार हिजोमात्र ५९ हजारले काठमाण्डु छाडेको र आज सो सङ्ख्या थप बढ्ने छ । कोटेश्वर र नयाँबसपार्क क्षेत्रमा उपत्यका बाहिरिने यात्रु तथा सवारी साधनको संख्या बढी भएका कारण उक्त स्थानमा क्यु रहेको ट्राफिकको भनाइ छ ।