काठमाण्डु – स्थानीय तह निर्वाचन–२०७९ मा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार कुल मतदाताको संख्यामा ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अरू मतदाता रहेका छन् ।
यहि वैशाख ३० गते शुक्रबार हुने निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल रहेका बनाइएका छन् । जसमा २१ हजार ९५५ मतदान केन्द्र रहेका आयोगले जनाएको छ । जसमध्ये विभिन्न राजनीतिक दलका ३९० जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका आयोगले जनाएको छ ।
निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि शुक्रबार मतदान हुनेछ । देशभरबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
डाटा स्रोत : निर्वाचन आयोग





प्रतिक्रिया