सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् ।

बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘निर्वाचन अधिकृतको कार्यालयकमा सर्वदलीय बैठक बोलाइएको रहे छ । बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ । उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ’, श्रेष्ठले भने ।

घटनाबारे थप अनुसन्धान गर्नका लागि आफू घटनास्थलतर्फ गइरहेको श्रेष्ठले बताए ।