वामदेव गौतमले मतदान नगर्ने

वामदेव गौतमले मतदान नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मत नहाल्ने भएका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले यस पटक मतदान नगर्ने जनाएका हुन् ।

उनी हाल सक्रिय राजनीतिमा छैनन् । नेकपा विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेका उनी हाल राजनीतिमा निश्क्रिय जस्तै रहेका हुन् । उनी बर्दिया बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता हुन् ।