सिन्धुपाल्चोकको ज्यामिरेमा तनावग्रस्त ,सेनाले स्थिति नियन्त्रणमा लियो

सिन्धुपाल्चोकको ज्यामिरेमा तनावग्रस्त ,सेनाले स्थिति नियन्त्रणमा लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुपाल्चोकको ज्यामिरेमा मतदानका क्रममा झडप भएको छ । अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो।

मेलम्ची नगरपालिका ४ को ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि स्थिति नियन्त्रण लिन नेपाली सेना अघि सरेको थियो। अहिले स्थिति नियन्त्रणमा रहेको छ।

नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ । यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ ।