काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा – काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा ६ स्थित एक मतदान केन्द्रमा तनावको स्थिति भएको छ ।

एक जनाको भोट अर्को व्यक्तिले हालेपछि गठबन्धनका  कार्यकर्ताबीच सुरु भएको विवादले उग्र रुप लिँदा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विवादका क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको जानकारी दिए । अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको उनले बताए ।