दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो

दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले शुक्रबार दिउँसो २ बजेसम्म करिब ४१ प्रतिशत मत खसेको जनाएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा दिउँसो २ बजेसम्म करिब ४१ प्रतिशत मत खसेको  हाे ।

मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो ।

७ जिल्लाका केही मतदान स्थलमा छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।