काठमाण्डु – शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केहि थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । निर्विरोध भएकासहित २२ पालिकाको नतिजा अनुसार नेकपा एमालेले ९ स्थानीय तहमा बाजी मारेको छ ।
ती पालिकामा प्रमुख पद जितेर एमालेले अग्रता कायम गरेको हो । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । उसले ८ स्थानीय तहको प्रमुख जित्न सफल भएको हो ।
तेस्रो स्थानमा नेकपा नेकपा माओवादी केन्द्रले तीन स्थानीय तहमा प्रमुख जितेको छ । चौथो स्थानमा नेकपा एकीकृत समाजवादी छ । नेकपा एसले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ । अन्य पार्टीले भने अहिलेसम्म पालिकामा खाता खोलेका छैनन् ।
एमालेले जितेका प्रमुख स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका, बजाङ
९ नवलपुरको बौदीकाली गाउँपालिका
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४ः गुल्मी दरबार गाउँपालिका– गुल्मी
५ः गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६ः मुसिकोट नगरपालिका– गुल्मी
७ः खार्पुनाथ गाउँपालिका– हुम्ला
८ः डोटीको बडीकेदार गाउँपालिका
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका– डोल्पा
२ः नौमुले गाउँपालिका– दैलेख
३. ताराखोला गाउँपालिका, बाग्लुङ
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१.काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा




प्रतिक्रिया