काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रे नेपालमा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।
गत बिहीबार इन्डिगो एयरलाइन्सको नियमित उडानबाट दिल्लीहुँदै काठमाण्डु आएका पूर्वराजदूत रे राजनीतिक भेघाटमा सक्रिय भएका हुन् ।
काठमाण्डुमा उनी लाजिम्पाटस्थित र्याडिसन होटलमा बसेका छन् र विभिन्न व्यक्तित्वसँग भेटघाट गरेका छन्।
नेपाल आए लगत्तै सोही दिन उनले डेनमार्कका लागि नेपालका पूर्वराजदूत डा. विजयकान्तसँग भेटवार्ता गरेका थिए।
त्यसैगरी सोही दिन उनी बबरमहलस्थित बसेरा बुटिक होटलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं संघीय सांसद डा. अमरेशकुमार सिंहसँग भेटवार्ता गरेका थिए।
पूर्वराजदूत रेको नेपाल भ्रमणका क्रममा भएका यी भेटघाटलाई कूटनीतिक तथा राजनीतिक वृत्तमा चासोका रुपमा हेरिएको छ ।


प्रतिक्रिया