गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’

गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा नेकपा एमालेले क्लिन स्वीप गरेको छ । वडा नम्बर १,२ र ३ मा शुक्रबार भएको मतदानमा एमाले वडाध्यक्षका उम्मेदवारको प्यानल नै विजयी भएको हो ।

१ बाट द्वारिका श्रेष्ठ, २ बाट मधु तामाङ र ३ बाट मुरारी कुँइकेलको प्यानल विजयी भएको हो । श्रेष्ठले १४२८ मत ल्याएर विजयी बन्दा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ९३९ मतमात्र पाएका छन् । त्यसैगरी वडानम्बर २ मा तामाङले १२०७ मत ल्याउदै विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले ८२७ मत पाएका छन् ।

३ मा कुइँकेलले १३९८ प्राप्त गरेर विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै किरण विष्टले १०४४ मत मात्र पाएका छन् । यो नगरपालिकामा तीन वडाको मत गनिसक्दा मेयर र उपमेयरमा पनि एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।