काठमाण्डु – शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केहि थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । निर्विरोध भएकासहित ३७ गाउँपालिकाको नतिजा अनुसार नेकपा एमालेले १५ स्थानीय तहमा बाजी मारेको छ ।
ती पालिकामा प्रमुख पद जितेर एमालेले अग्रता कायम गरेको हो । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । उसले ११ पालिकाको प्रमुख जित्न सफल भएको हो । तेस्रो स्थानमा नेकपा नेकपा माओवादी केन्द्रले ९ स्थानीय तहमा प्रमुख जितेको छ ।
चौथो स्थानमा नेकपा एकीकृत समाजवादी छ । नेकपा एसले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ । अन्य पार्टीले भने अहिलेसम्म पालिकामा खाता खोलेका छैनन् ।
नेकपा एमाले
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका– बझाङ
९. बौदीकाली गाउँपालिका– नवलपुर
१०. थलारा गाउँपालिका– बझाङ
११. थासाङ गाउँपालिका– मुस्ताङ
१२. मालिका गाउँपालिका– म्याग्दी
१३. राइनास गाउँपालिका– स्याङ्जा
१४. महाकाली नगरपालिका– दार्चुला
१५. मेन्छेयाम गाउँपालिका– तेह्रथुम
नेपाली कांग्रेस
१. नार्पाभूमी गाउँपालिका– मनाङ
२. घरपोझोङ गाउँपालिका– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४. गुल्मी दरबार गाउँपालिका– गुल्मी
५. गन्यापधुरा गाउँपालिका– डडेलधुरा
६. मुसिकोट नगरपालिका– गुल्मी
७. खार्पुनाथ गाउँपालिका– हुम्ला
८. बडिकेदार गाउँपालिका– डोटी
९. तमानखोला गाउँपालिका– बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका– बाजुरा
११. लिखुपिके गाउँपालिका– सोलुखुम्बु
माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका–डोल्पा
२. नौमुले गाउँपालिका–दैलेख
३. ताराखोला गाउँपालिका– बागलुङ
४. अपि हिमाल गाउँपालिका– दार्चुला
५. जन्तेढुंगा गाउँपालिका– खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका– उदयपुर
७. नौगाड गाउँपालिका– दार्चुला
८. थवाङ गाउँपालिका– रोल्पा
९. ताँजकोट गाउँपालिका– हुम्ला
नेकपा एकीकृत समाजवादी
१. काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा




प्रतिक्रिया