विना मगरको क्षेत्रमा माओवादीलाई धक्का

विना मगरको क्षेत्रमा माओवादीलाई धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर – माओवादी नेतृ विना मगरको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रलाई धक्का लागेको छ । कंचनपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेकी मगरको क्षेत्रमा माओवादी केन्द्रलाई धक्का लागेको हो । उनको क्षेत्रमा दुई नगरपालिका र दुई गाउंपालिका गरी चार स्थानीय तह छ ।

यसअघि माओवादी केन्द्रले दुई वटा स्थानीय तहमा जित हासिल गरेको थियो । तर,यसपटक माओवादी केन्द्रले जितेको लालझाडी गाउंपालिकामा बहुमत वडासहित एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितिसकेको छ ।

बेल्डाडी गाउंपालिकामा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै हार्ने निश्चित भएको छ भने वडामा समेत सबै उम्मेदवार पराजित भएका छन् ।

यता बेलौरी नगरपालिकामा माओवादी केन्द्रका मेयरका उम्मेदवार पोतिलाल चौधरीले अग्रता कायम गरेका छन् । तर,उपमेयरमा एमालेका जोगराम चौधरीले अगाडी छन् ।

अहिलेसम्म परिणाम आएका पांच वडामा माओवादी र एमालेले दुई दुई वडा अध्यक्ष जितेका छन् । माओवादीले १ र १०, एमालेले २ र ३ र कांग्रेसले ९ नम्बर वडामा जित हांसिल गरेको छ । यता पुर्नवास नगरपालिकामा भने माओवादी केन्द्रले मेयरमा समाजवादीलाई समर्थन गरेको छ ।

पुर्व मन्त्री समेत रहेकी मगरकै जोडबलमा उनले समाजवादीसंग गठबन्धन गरे पनि परिणाम त्यती सुखद आएको देखिन्न ।