धनगढी – कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बहादुर बोगटी विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका धनादेवी थापा निर्वाचित भएकी छन् । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ । अन्य वडामा भने एमालेले जितेको छ ।
चुरे १ मा कांग्रेसका डम्वर बहादुर सिंह विजयी हुँदा वडानम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका ठक्कर राना, ४ मा एमालेका चक्र बहादुर लामिछाने मगर, ५ मा एमालेका वीर बहादुर धामी र ६ मा एमालेका प्रेम बहादुर साउद विजयी भएका छन् ।




प्रतिक्रिया