ओखलढुंगा – मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । रुम्दालीले ५ हजार २१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत ल्याएर पराजित भए । अध्यक्षमा निर्वाचित स्वतन्त्र उम्मेदवार रुम्दालीलाई कांग्रेसको समर्थन थियो ।
उपाध्यक्षमा नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् । राईले ४ हजार ७५० मत पाएका छन् । सो पदमा एमालेको समर्थनमा जसपाका दीपेन्द्र रुम्दालीले २ हजार ७ सय ७७ मत पाए । मानेभन्ज्याङको जम्मा ९ वटा वडाहरुमा ७ वटामा कांग्रेस विजयी भएको छ ।
कांग्रेसका वडाअध्यक्षहरु १ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, ७ मा विष्णुप्रसाद गौतम, ८ मा भीमबहादुर बलम्पाकी मगर र वडा नं. ४ मा विष्णु तामाङ निर्वाचित भएका छन् ।
एमालेबाट वडाअध्यक्षमा निर्वाचित वडा नं. ९ मा पूर्णबहादुर मगर, ३ मा जितेन्द्र राई छन् ।




प्रतिक्रिया