काठमाण्डु – भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्वीप गरेको छ । भक्तपुर नगरपालिकामा मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेमनिपाका उम्मेदवार निर्वाचित भएका हुन् ।
मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राप्रपाका बद्री लाखाजुले ११३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १२१ मत पाएका छन् ।
उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२, राप्रपाकी लक्ष्मी छुस्याबागले ११८० मत पाएका छन् ।
नेमकिपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल पनि प्रतिस्पर्धामा रहेका थिए । तर नेमकिपाले नगरपालिकाका सबै पदमा जित हासिल गरेको हो ।




प्रतिक्रिया